
जनस्वास्थ्य सरोकार । नेपालमा हरेक चिकित्सकीय विधामा प्रगति भइरहेको हामी सबैमा बिदितै छ । आज हामी देशमा भइरहेको एओर्टिक डिजिज (रोग) मध्येको एउटा पाटो एओर्टिक एन्युरिजम (महाधमनी फूल्ने समस्या) को बारेमा केही लेख्दैछौं ।
एओर्टिक सर्जरी आफैंमा एउटा जटिल प्रक्रिया हो । यसको सफलताका लागि अति विशेषज्ञ चिकित्सकका साथै विशेष उपकरण र उच्चकोटीका मेडिकल सामाग्रीहरुको आवश्यकता पर्छ ।
एओर्टिक एन्युरिजम फुटिसकेको अवस्थामा व्यक्तिको ज्यान बचाउन सजिलो हुन्छ । तर एन्युरिजम फुटेका धेरै बिरामीले घरमै ज्यान गुमाउने गर्छन् । त्यसमध्ये उपचार सम्भव अस्पतालमा पुगेपछि पनि ५० प्रतिशतको मात्र ज्यान बचाउन सकिन्छ ।

सन् २००० ताका नेपालमा यस विधामा शल्यचिकित्सा शुरु हुन थालेको हो । त्यो समय वर्षभरीमा एक दुईवटा शल्यक्रिया हुने गर्दथ्यो । एओर्टिक एन्युरिजम् फुटेरै आएको अवथाको शल्यक्रिया सम्भव थिएन । चिकित्सकीय दक्षता र भौतिक पूर्वाधारको विकास क्रमश हुँदै गयो । सन् २००९ मा भास्कुलर (रक्तनली) सेन्टरको स्थापना र दक्ष जनशक्तिको तालिमले यस विधाको प्रगति गर्नमा ठूलो टेवा पु¥यायो । आजसम्म आइपुग्दा एउटै डेडिकेटेड सेन्टरमा वर्षमा पचाऔं शल्यक्रिया सम्भव हुन थालेका छन् । त्यसमाथि नियमित इमर्जेन्सी शल्यक्रियाको परिणाम समेत राम्रो रहेको छ । अब गर्न नसकिने र नभएका शल्यक्रियाहरु रहेनन् ।
आजभोलि हरेक शल्यचिकित्सकीय विधामा चिरेर गरिने शल्यक्रियालाई नचिरिकन गरिने या थोरै मात्र चिरेर गरिने (मिनिमल इन्भेजिव सर्जरी) शल्यक्रियाले विस्थापन गर्दै गएको छ । एओर्टिक सर्जरीमा पनि इन्डोभास्कुलर सर्जरीको विकास भएको छ । उदाहरणका लागि मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) । सन् २०१३ बाट इन्डोभास्कुलर सर्जरीको थालनीपछि यो नियमित सेवाभित्र परेको छ ।
सन् २०१७ मा भास्कुलर सेवालाई उत्सर्गमा पु¥याउन भास्कुलर सोसाइटी अफ नेपालको गठन गरियो । नेपालभित्रका डेडिकेटेड सर्जनहरु रहेको यस सोसाइटीले एओर्टिक सर्जरी सम्बन्धि ज्ञान बढाउन देशभर सक्रिय भएर लागेका छन् ।

कार्डियोभास्कुलर हाइब्रिड अपरेशन थिएटर उच्चकोटीको भास्कुलर सर्जनहरुको सपनाभन्दा नि हुन्छ । यस्तो अपरेशन थियटरमा चिरेर गरिने शल्यक्रिया र इन्डोभास्कुलर प्रोस्युडर दुईटै सम्भव हुन्छ । कुनै एओर्टिक सर्जरी यति कम्लेक्स हुन्छन् कि एउटै बिरामीलाई शल्यक्रिया र इन्डोभास्कुलर प्रक्रिया एकै साथ चाहिन्छ । संसारकै गनिएका अस्पतालहरुमा यो सेवा विस्तार भएको छ ।

नेपाली जनताले पनि यस्तो सुविधाबाट बञ्चित हुनुपर्ने छैन । मनमोहन सेन्टरले केही महिनाभित्र यो सेवा शुरु गर्दैछ । यो सेवाले भास्कुलर सर्जरीमा एउटा अर्को माइलस्टोन थपिनेछ । अतः सबै नेपाली जनतामा सेवा पु¥याउन नेपालका नाम कहलिएका विभिन्न अस्पतालहरुमा सेवा विस्तारको लक्ष्य लिनुबाहेक अरु विकल्प छैन ।
रक्तसञ्चारमा एओर्टा र जोखिम
एओर्टा मुटुको मुख्य धमनी हो जसले अक्सिजन मिसिएको रगत शरीरका विभिन्न भागमा पु¥याउँछ । एओर्टिक भल्भ मार्फत मुटुले रगत पम्प गर्छ । त्यसपछि यो उखु आकारको बक्र बनाएर यात्रा गर्दछ जसले अन्य प्रमुख धमनीहरुलाई मस्तिष्क, मांशपेशीहरु र अन्य कोषहरुमा अक्सिजनयुक्त रगत पु¥याउन मद्धत गर्छ । एओर्टा एक इन्च भन्दा बढी चौडा हुन्छ र भित्री (इन्टिमा), मध्य (मिडिया) र बाहिरी (एडभेन्टिआ) गरी तीन तह हुन्छन् । एओर्टामा समस्या आएर यो सुन्निने (एओर्टिक एन्युरिजम) र यसको भित्ता च्यातिने जोखिम हुनसक्छ ।
वृद्धावस्था, वंशाणुगत कारणले पनि एओर्टिक एन्युरिजम वा एओर्टाको भित्ता च्यातिने समस्या हुनसक्छ । त्यसबाहेक उच्चरक्तचापले धमनीको पर्खाल कमजोर पार्न सक्छ । उच्च कोलेस्टेरोल वा एथेरोस्क्लेरोसिसले प्लाक बनाएर सूजन निम्त्याउन सक्छ । भास्कुलाइटिससम्बन्धि रोगले एओर्टा सुन्निनसक्छ । सवारी दुर्घटनाले एओर्टिक एन्युरिजम गराउन सक्छ । चुरोट सेवन गर्नेहरुमा ७५ प्रतिशत एब्डोमिनल एओर्टिक एन्युरिजम हुनसक्छ ।

अमेरिकन प्रिभेन्टिभ सर्भिसेस टाक्स फोर्सले धुम्रपान गर्ने ६५ देखि ७५ वर्ष उमेर समूहका व्यक्तिले लक्षण नदेखिएपनि एब्डिोमिनल एओर्टिक एन्युरिजमको स्क्रिनिङ गर्न सुझाव दिएको छ ।
एओर्टा वा अन्य मुटुसम्बन्धित रोग भएका व्यक्तिहरुले लक्षण देखिने बित्तिकै तुरुन्त सम्बन्धित व्यक्तिलाई देखाउनुपर्छ । यसका साथै नियमित चेक जाँच गराउन जरुरी हुन्छ र आफ्नो मुटुको ख्याल गर्नुपर्छ । (प्रा.डा. श्रेष्ठ मनमोहन सेन्टरमा कार्यकारी निर्देशक हुनुहुन्छ ।)
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
