जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ।

जबरालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो।
संक्रमणपछि उपचाररत प्रधानन्यायाधीश जबराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश जबरा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


