जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४ हजार ३२९ जनामा पीसीआर परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो ।

२ हजार १४० जनामा एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको मन्त्रालयको सार्वजनिक तथ्यांकमा उल्लेख छ । यस्तै, २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २१ हजार ३६६ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५२६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा २ लाख ११ हजार ५५३ जनाले खोप लगाएका छन् ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
