
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त हुनुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका डा. मरासिनीले आज निर्देशकको पत्र बुझ्नुभएको हो ।
महाशाखाका निर्देशक रहेका डा भिमसिंह टिंकरीको १२औं तहमा बढुवा भएपछि उक्त पद खाली थियो। सोही खाली पदमा डा. मरासिनीलाई नियुक्त गर्ने निर्णय मन्त्रालयले गरेको हो।
यसैगरी महाशाखा अन्तर्गतकै आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाको पनि सरुवा भएको छ। ढुङ्गानाको स्थानमा महाशाखामै रहेका सुरेन्द्र चौरसियालाई ल्याइएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


