जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ ।

यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।
सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सङ्ख्या बढेको हो । प्रदेशमा अहिले पनि सात लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ । कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।
यसैबीच मकवानपुर जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको छ । तीमध्ये सबैभन्दा बढी हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत रहेका छन् ।
ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा २४ देखि ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा ५९ प्रतिशतले एक पटक र ५१ प्रतिशतले पूर्ण खोप लगाएको कार्यालयले जनाएको छ ।
जिल्लामा १८ वर्षमाथिका तीन लाख चार हजार ६४७ जनसङ्ख्या रहेको र चालु आर्थिक वर्षमा सबैलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरे भन्नुभयो ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
