जनस्वास्थ्य सरोकार, दिल्ली। भारतको केन्द्रीय राजधानी समेत रहेको नयाँ दिल्लीमा वायु प्रदुषण उत्कर्षमा पुगेपछि पुनः विद्यालय बन्द गरिने भएको छ ।

आजैदेखि लागू हुने गरी दिल्लीका वातावरण मन्त्री गोपाल रायले विद्यालय बन्दको घोषणा गर्नुभएको हो । अर्को सूचना जारी नभएसम्मका लागि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको मन्त्री रायले हिजो जानकारी दिनुभएको हो ।
दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त खराब र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको बताइएको छ ।
विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन् झन् बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् । सरकारले कर्मचारीहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ ।
सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।
कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदुषणका कारण बन्द गर्नु परेको छ । दिल्ली सरकारले गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
