जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या ६९२१ रहेको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ जना रहेका छन् । जसमध्ये ६ हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


