जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।

विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ ।
यद्यपी हिजो एकै दिनमा केरलामा कोरोना सङ्क्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आइतबार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ । देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन् । यो संख्या कूल सङ्क्रमतिको एक प्रतिशत भन्दा कम भएको समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ ।
गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् । हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । कोरोना मुक्ती यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ सङ्क्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।
भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परिक्षण गरिएको थियो । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ ।-एएनआई
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
