
ई.सी.जी. र इको
ई.सी.जी. मुटुको सामान्य जाँच हो । यसले मुटुको चाल र गतिको सामान्य जानकारी गराउँछ । हृदयघात भएन भएको सामान्यत छुट्याउन मद्दत गर्छ ।
इको कार्डियोग्राफीले मुटुको बनोट, भल्व, मांसपेशीको बाक्लोपन, ट्रान्स थोरासिस, मुटुको खुम्चिने शक्ति (सिस्टोलिक फंसन) र डायस्टोलिक फंसन, मुटुको झिल्लीमा पानी भएको वा नभएकोबारे सामान्य रुपमा यस उपकरणले जानकारी दिन्छ ।
इको गर्दा औषधि दिँदै गरिन्छ । सामान्य इकोलाई ट्रान्सथोरासिस भनिन्छ । यसका साथै ट्रान्सफेजल इको, स्ट्रेस इको, थ्री डायमेन्स्नल इको, फेटल इको आदि यसका विभिन्न प्रकार छन् ।
एबिपी ,होल्टर र टिएमटी
एबिपी मेसिनले २४ घण्टाको ब्लड प्रेसर र मुटुको धड्कनको मापन गरेर देखाउँछ । बिहान, दिउँसो, राति सुत्दा, बस्दा, खाँदाउच्चरक्तचापको स्थिति के छ ? भनेर एबिपी मेसिनले मनिटर गरिरहेको हुन्छ । यसले औषधिखाने वानखाने भन्ने निक्र्योल गरिदिन्छ । यो मेसिनबहिरङ्ग विभागबाट जडान गरिन्छ । तसर्थ बिरामीलाई अस्पताल भर्ना हुनुपर्दैन ।
मुटुको धड्कन नियमित भएन भएको अवस्था हेर्ने उपकरणलाई होल्टर भनिन्छ । यसले मुटुको चाल र गतिसीमा देखाउन मद्धत गर्छ । यसबाट मुटुको चालनियमितभएनभएको हेरिन्छ । चालकहाँ बाट आइरहेको छ, सामान्यआउनुपर्ने ठाउँबाट वा अन्यन्त्रबाट मुटुको चालआइरहेको छ भनेर पनिहोल्टरले हेर्ने गर्छ ।
टी.एम.टी.(ट्रेडमिल टेस्ट)

यो मुटुको परीक्षण गर्नेप्रविधिहो । टी.एम.टी.मा छातीमा इलेक्ट्रोडहरु लगाएर इसिजीमोनिटरसँग जोडिएको हुन्छ । बिरामीले गतिमा ट्रेड मिल मेसिनमाथि हिँड्दै गर्दा बिस्तारै मुटुको चाल र गतिविधिइसिजीमोनिटरले देखाउँछ । जाँच्ने क्रममा ब्लड प्रेसर पनि नापिन्छ । मुुटुले लोड लिँदाइसिजीमा केही परिवर्तन आउँछ र ब्लकेज हुने सम्भावनाभएनभएको थाहापाउन सकिन्छ ।
एन्जियोप्लाष्टी
कोरोनरी आर्टरी (धमनी) ले मुटुको मांशपेशीलाई आवश्यक रगत पु¥याउन नसक्दा हुने पीडा बिस्तारै बढ्दै गएर रक्तसञ्चार प्रकृया बन्दहुने समस्यालाई हृदयघात भनिन्छ । खासगरी छातिको बीच भागमा दुख्ने, गिँजा, काँध र देब्रे हातमा पीडा महसुस हुने, श्वासप्रश्वासमा समस्या, मुटुको धड्कन बढ्ने, कपडा भिज्ने गरी पसिना आउने हृदयघातका लक्षण हुन् । मधुमेही, बृद्धबृद्धा र अटोनोमिक डिसफङ्सन भएका बिरामीलाई छातिको दुःखाइ नहुन पनि सक्छ । तत्काल हृदयघात भएका बिरामीलाई क्याथ ल्याबमा एन्जियोग्राफी गरेर ब्लक भएको नसा तुरुन्त खोल्नुपर्छ ।
अन्तर्राष्ट्रिय मापदण्डले अस्पताल पुगेको ९० मिनेटभित्र एन्जियोष्टीबाट खोलिसक्नुपर्ने उल्लेख गरेको छ । टाढाबाट आउनेहरुकालागि पनि १ सय २० मिनेट भित्र उपचार गरिसक्नुपर्छ । हृदयघात भएको १२ घण्टाभित्र बन्द भएको नसा खोल्दा मुटुलाई बलियो राख्न सकिन्छ ।

किन क्याथ ?
क्याथ ल्यावमा अत्याधुनिक उपकरण जडान गरी फ्लोरोस्कोपको माध्यमद्धारा मुटु तथा रक्तसञ्चार हुने नसा, मुटुको नसा (कोरोनरी) र पेरिफेरल एन्जियोग्राफी हेर्नमा धेरै प्रयोग गरिन्छ । रगतको नसामा ब्लकेज देखिएमा बेलुन स्टेन्ट (जाली) राखेर रगत सुचारु गर्नुपर्छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

