
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको हो ।
ओमिक्रोन पुष्टि भएको देशबाट नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा रहेका अर्का ७१ वर्षीय व्यक्ति गरी दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनीहरूमा आइतबार राती ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।
संक्रमित दुवैको अवस्था सामान्य रहेको र उनीहरू सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रहेका छन् ।
यस्तै सङ्क्रमितको सम्पर्कमा रहेका अन्य ६६ जनाको कनट्र्याक्ट ट्रेसिङ गर्दा सबैमा नेगेटिभ रिपोर्ट आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै नेपालमा यसको निगरानीका लागि सर्भिलेन्स तथा कनट्र्याक्ट ट्रेसिङको कार्यालयलाई थप प्रभावकारी बनाएको मन्त्रालयले जनाएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म ३५ देशमा फैलिएको छ भने ५ सय ७४ जना संक्रमित बनेका छन् ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

