
जनस्वास्थ्य सरोकार, चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताउनुभएको छ। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन्।
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उहाँले भन्नुभयो मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन्। अन्यको हकमा भने छलफल भइरहेको छ।
मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो। पिसिएल नर्सिङको अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो। रासस
प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


