
जनस्वास्थ्य सरोकार, लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार त्यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।
त्यहाँका स्वास्थ्य अधिकारीहरुले त्यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा त्यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् ।
सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट त्यहाँ ५१ हजार भन्दा बढी मानिस यहाँ सङ्क्रमित भएका छन् ।
अघिल्लो हप्ता त्यहाँ सङ्क्रमित केही घटेका थिए । तर बुधबार भने त्यहाँ यतिधेरै संक्रमित देखिएका बताइएको हो । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड ६ लाखभन्दा बढी पुगेको छ ।
बेलायतमा सोमबार मात्र १६१ जना यो सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नौ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । त्यहाँका १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन ।
तर पनि पछिल्ला केही दिनमा त्यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत त्यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।-सिन्ह्वा
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

