नेभिगेशन

आइभिएफमा छोराको वर्चश्व किन ?

जनस्वास्थ्य सरोकार, काठमाडौं । निःसन्तान हुनुको पीडा पक्कै पनि असह्य हुने गर्दछ । समाजमा यस्ता दम्पतीहरू प्रशस्तै भेटिन्छन् । ती मध्येका एक दम्पती हुन् प्रतिमा चौलागाईं र राजाराम चौलागाईं ।


भक्तपुर निवासी चौलागाईं दम्पतीको बिवाह भएको पाँच वर्ष पुरा भयो । तर पाँच वर्ष बितिसक्दा पनि बच्चा नभएपछि पीडा झन् बढ्न थाल्यो । परिवार र छरछिमेकको गनगनले मानसिक तनाव शुरु हुन थाल्यो ।


एकदिन प्रतिमाको साथीले निःसन्तान उपचारबारे बताइन् । उसको पनि आइभिएफ विधिबाट बच्चा भएको थाहा पाएपछि प्रतिमाको मनका झिनो आशा पलायो । उनले श्रीमानलाई यसबारे सबै बताइन् ।

उनीहरु बरदान फर्टिलिटी सेन्टर पुग्छन् । निःसन्तान विशेषज्ञ डा. सविना सिंखडासँगको भेट पश्चात् दुबैको स्वास्थ्य परीक्षण भयो । रिर्पोटमा अण्डाको उमेर बढी र संख्या कम देखियो । उनीहरुलाई आइभिएफ गर्नुपर्ने डा. सिम्खडाले सल्लाह दिनुभयो ।


२०७७ सालको दशैँ अगाडि अण्डा निकालेर भ्रूण बनाउने प्रकृया सुरु भयो । प्रतिमाकोे पाठेघरमा तीन दिनको तीनओटा भ्रूण राखियो । अन्ततः प्रतिमा गर्भवती भइन् । उनको पाठेघरमा तीनओटै भू्रण बस्न सफल भएछ ।

प्रतिमा र राजाराम चौलागाईं दम्पती एकैपटक तीन सन्तानका बुवाआमा बने । डा सिंखडाकै निगरानीमा प्रतिमाले दुइ छोरा एक छोरीलाई जन्म दिइन् । तिम्ल्याह सन्तान जन्मिएपछि अहिले यो दम्पतीको खुसीको सीमा छैन ।

तिम्ल्याह हुने कारण

सेन्टरकी आइभिएफ स्पेसलिष्ट एवं निःसन्तान विशेषज्ञ डा. सविना सिंखडाका अनुसार प्रयोगशालामा महिलाको अण्डा र पुरुषको शुक्रकिट एकआपसमा फर्टिलाइज गरेर भ्रूण (एम्ब्रियो) तयार गरिन्छ । भ्रूण तयार भएको दुइ दिन, तीन दिन र पाँच भएपछि महिलाको पाठेघरमा ट्रान्सफर गरिन्छ । यदि भ्रूण तीन दिनको भए तीनओटा राखिन्छ भने पाँच दिन भए दुइओटा राखिन्छ । दुइ दिन र तीन दिनको भ्रूण फ्यालोपियन ट्युवमा विकास हुन्छ । उक्त भ्रूण पाँच दिनको भएपछि आफै पाठेघरमा आएर टाँसिन्छ । त्यस्तै आइभिएफमा पाँचौ दिनमा राखिने भ्रूणलाई ब्लास्टोसिस भनिन्छ । जुन सिधै पाठेघरमा टाँसिन्छ । यसको सफलदर पनि ८० प्रतिशत सम्म हुन्छ ।


‘नेपालमा समान्यतया तीन ओटा भ्रूण राख्ने प्राक्टिस छ । भ्रूणका विभिन्न ग्रेड हुन्छन् । हामी सबै ए ग्रेडका भ्रूण हाल्दैनौँ । भ्रूणको विश्लेषण गरेर दुइओटा ए ग्रेडको हाल्यौँ भने अर्को मध्यम ग्रेडको हालिन्छ ।’ यसरी एक भन्दा बढी भ्रूण ट्रान्सफर गर्दा पाँचौ दिन सम्म पुग्दा कमजोर भू्रण खेर जान सक्छ भने राम्रो भ्रूण पाठेघरमा टाँसिन्छ । जसले महिला गर्भवती हुने सम्भावना बढी हुन्छ ।’

कतिपय दम्पतीहरु पटक पटक झन्झट गर्न नचाहने भएकाले एक भन्दा बढी भ्रूण राख्न लगाउने उहाँको भनाई छ।


डा. सिंखडा भन्नुहुन्छ—‘कहिलेकाहिँ ट्रान्सफर गरिएका सबै भ्रूण खेर जान सक्छ भने कहिले सबै टाँसिन पनि सक्छन् । हामीले प्रतिमाको पाठेघरमा तीन दिनको तीनओटा भ्रूण राखेका थियौँ । सबै बसेछ । त्यसपछि आमाको तौल, उचाइ, पाठेघरको मुखको लम्बाई सबै जाँच गर्यौँ । सबै रिपोर्ट राम्रो आएपछि बच्चा राख्ने निर्णय भयो । मैले नियमित फलोअप र निगरानी राखेँ । सिजरियन सेक्सनबाट बच्चाको जन्म भयो । दुइ दुइ केजीका तीन सन्तानको जन्मिए । अहिले आमा बच्चा सबैको स्वास्थ्य अवस्था ठिक छ ।’


डा. सिंखडा भन्नुहुन्छ—‘खासमा उहाँको उमेर हेर्दा आइभिएफ गर्नुपर्ने बेला भएको थिएन । तर स्वास्थ्य परीक्षण गर्दा उहाँको उमेर भन्दा अण्डाको उमेर बढी देखियो । विस्तारै अण्डाको संख्या घट्ने क्रम सुरु भइसकेको थियो । पाँच वर्ष प्रयास गर्दा पनि रिजल्ट नआएकाले किन ढिला गर्ने भनेर आइभिएफ नै गर्ने निर्णय भयो । सामान्यतया १५ देखि ३० ओटा अण्डा निस्किनुलाई सामान्य मानिन्छ । तर उहाँको जम्मा ७ ओटा अण्डा निस्किएको थियो । यसरी महिलाको अण्डाको सँख्या घट्दै गएमा आइभिएफ गर्नुपर्ने हुन्छ ।

आइभिएफमा छोराको वर्चश्व


‘प्रायःजसो आइभिएफ विधिबाट धेरै छोरा नै जन्मेको पाइएको छ । तर छोरी पनि जन्मिन्छन् ।’ विदेशतिर रिजेनेटिक डायग्नोसिस विधिबाट छोरा जन्माउने कि छोरी जन्माउने भनेर पहिले नै निर्णय लिने गर्छन् । नेपालमा यसप्रकारको परिक्षण हुँदैन र यस्ता चाहाना राख्ने मान्छे पनि हुँदैनन् । यसरी लिङ्गको आधारमा भेदभाव गर्नु अपराध हो ।’


सेन्टरबाट चापागार्इँ दम्पतीले पहिलोपटक सन्तान सुख पाएका हुन् । अहिले करिब ३ दर्जन भन्दा बढी सेन्टरबाट बच्चा जन्मिसकेका छन् । हाल यहाँ आइभिएफ विधिबाट झण्डै २ सय भन्दा बढी महिलाहरु गर्भवती भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्पेशल स्टोरी