जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभरि आज थप २ सय ५९ जना सङ्क्रमित थपिएका छन् ।
१० हजार ४ सय ८७ जनाको नमुनाको परीक्षण गर्दा २ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ३ सय ३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।
यस्तै कोरोना सङ्क्रमित मध्ये आज ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरि ५ हजार ९ सय ९७ कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् ।
आज देशभरि ३ लाख २९ हजार ३ सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


