जनस्वास्थ्य सरोकार, नुवाकोट । ललितपुरको सानेपास्थित अत्याधुनिक स्टार अस्पतालले नुवाकोटको विदुरस्थित ढुंगे –१ मा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ ।

उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा बिशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार ५० बेडमा स्तरोन्नति गरेर सञ्चालन गरिएको हो ।
स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले औपचारिक रुपमा सो भवनको उद्घाटन गर्नुभयो । अस्पताल स्थापना सँगै नुवाकोट, धादिङ्ग र रसुवाका ३ लाख भन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास अध्यक्ष मर्हजनको छ ।

स्टार अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ ग्याँस्ट्रोइन्टेस्टाइन सर्जन डा. शैल रुपाखेतीले स्टार नुवाकोट अस्पताल एउटा नाफामुलक संस्था मात्रै नभएर स्वास्थ्य सेवामा छुटै पहिचान बनाएको संस्था भएको बताउनुभयो । स्टार अस्पताल सानेपामा सबै खालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनि विशेषज्ञ सेवा उपलब्ध गर्न स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न संघ, संस्थामा आबद्ध गन्यमान्य व्यक्तिहरुको सहभागिता रहनुका साथै, स्टार नुवाकोट अस्पताल उद्धघाटनको उपलक्ष्यमा ४ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ ।



अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
