
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार ८०० डोज मोडर्ना खोप आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान १९ लाख ६५ हजार ८०० डोज खोप आएको जानकारी दिनुभयो ।
नेपालमा गत शुक्रबार, बिहीबार र आजसमेत गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ। सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ।
स्वास्थ्य मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो।स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

