
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्ति बाल अस्पतालले नेपालमै पहिलो पटक पेडिया ट्रिक क्रिटिकल केयर नर्सिङ कार्यक्रम सुरु गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल नर्सिङ क्याम्पसको कान्ति बाल अस्पताल नर्सिङ कार्यक्रम अन्तरगर्त व्याचलर इन नर्सिङ साइन्स (बीएनएस) तर्फ पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रम सुरु गरेको हो ।
कान्तिबाल अस्पतालका निर्देशक डा अजित रायमाझीले आजदेखि तीन वर्षे यो कार्यक्रमको औपचारिक सुरुवात भएको जानकारी दिनुभयो ।
यो कार्यक्रम सुरु भएसँगै कान्ति बाल अस्पतालमा भएको नर्सिङ जनशक्ति अभाव पूर्ति हुनुको साथै क्रिटिकल केयरमा समेत सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । चिकित्सा शिक्षा आयोगले यो नर्सिङ कार्यक्रमका लागि अस्पताललाई २० जनाको कोटा छुट्याएको छ।
पेडियाट्रिक क्रिटिकल केयर कार्यक्रमका लागि कान्ति अस्पताल र वीर अस्पताल नर्सिङ क्याम्पसको टिमले पाठ्यक्रम बनाएको थियो।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

