जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ केन्द्रिय कार्यालयले केही सञ्चार माध्यमहरुमा औषधिको मूल्यवृद्धि सम्बन्धी समाचारहरुमा नेपाल औषधि व्यवसायी संघको नामसमेत उल्लेख भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचारमा उल्लेख भएका कतिपय तथ्यहरुप्रति संघ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि संघले अनुरोधसमेत गरेको छ ।
औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ । सोहि प्रावधान अनुसार हाल देशमा ९६ प्रकारका औषधिहरुको मूल्य समेत निर्धारण गरिएको अवस्था छ । नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिहरुको मूल्य उत्पादक आफैले निर्धारण गर्ने संसारभरिको प्रचलन अनुसार हाम्रो देशमा पनि आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक अन्यमा उत्पादक कम्पनिले, उत्पादित देशमा भन्दा एमआरपी बढि नहुने गरि आयात गरिरहेको संघले सम्पूर्णमा अनुरोध गरेको छ ।
विद्यमान कानूनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन÷प्रसारण भएका समाचारमा कुनै सत्यता नभएको उल्लेख गर्दै संघले भनेको छ —'सञ्चार माध्यमलाई औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अनुरोध गर्दछौं ।'
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
