
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको थप १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बुधबार भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्डको १८ लाख ७१ हजार डोज खोप आएको हो ।
स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार र शुक्रबार पनि खोप आउनेछ । उक्त दिन जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउन लागेको हो ।
विभागका अनुसार बिहीबार विहान पौने ८ बजे ७ लाख १९ हजार र बाँकी १४ लाख ५७ हजार डोज खोप आउन लागेको हो । उक्त खोप युनिसेफमार्फत आउन लागेको हो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

