
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले यस वर्ष नेशनल बोर्ड अफ स्पेसियालिटिज कार्यक्रम अन्तर्गत विभिन्न सब स्पेसियालिज विषय अध्यापनका लागि चार अस्पताललाई स्वीकृति प्रदान गरेको छ ।
आयोगले सब स्पेसियालिज विषय अध्यापनका लागि काठमाडौँको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट न्युरोलोजिकल एण्ड अलाइड साइसेन्सलाई न्युरो सर्जरी विषयका लागि दुई सिट, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सर्जिकल अंकोलोजी थोरासिक र सर्जिक अंकोलोजी जेनिटो यूरिनरी विषयका लागि एक/एक गरी कुल दुइ सिट छुट्याएको छ ।
त्यस्तै, ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताललाई न्युरो सर्जरी र जीआई सर्जरी विषयका लागि एक/एक गरी दुइ सिट र धुम्बारहीस्थित हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पताललाई क्रिटिकल केयरका लागि एक सिट निर्धारण गरिएको छ ।
आयोगले नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७८/७९ मा सब स्पेसियालिज विषय अध्यापनका लागि चार अस्पताललाई जम्मा सात सिट स्वीकृति प्रदान गरेको आयोगका उपसचिव सेमन्तराज कोइरालाले बताउनुभयो ।

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
