
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अल्का अस्पतालले बाथरोग सम्बन्धि ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुष १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो।
बाथरोग सम्बन्धि बिशेषज्ञ डाक्टरद्धय जीवन पौडेल र अभिलाशा शाहले हरेक दिन सय जना विरामीहरुलाई जाँच गरिने अस्पताल प्रशासनले जनाएको छ। शिविरमा निःशुल्क औषधि वितरण गरिने अस्पतालले जनाएको छ।
निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याव जाँच पनि निशुल्क गरिन लागिएका अस्पतालका सिओओ दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसी लगायतका ल्याव जाँच डाक्टरको सिफारिसमा निशुल्क गरिने उहाँले बताउनुभयो ।
हाडजोर्नी, नशा सुन्निने दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएकाहरु, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरु, शरिरको विभिन्न भागमा रातो तथा निलो दाग भएकाहरु, कपाल झर्ने समस्या भएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भइ बेस्सरी दुखेकाहरुले शिविरमा आएका निशुल्क परिक्षण गराउन सक्ने वरिष्ठ बाथ रोग विशेषज्ञ जीवन पौडेलले सुझाव दिनुभयो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
