जनस्वास्थ्य सरोकार । संघीय गणतन्त्र जर्मन सरकारले कोरोना भाइरसविरुद्धको मोर्डना र जोन्सन एण्ड जोन्सन खोप गरी ४१ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।
जर्मनीले मोडर्ना खोप १९ लाख ६५ हजार ६ सय र जोन्सन एण्ड जोन्सन खोप २१ लाख ७६ हजार ६ सय ५० मात्रा कोभ्याक्ससुविधा अन्तर्गत नेपाललाई प्रदान गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई जर्मनीका राजदुत स्टेफन रुसेकले मोर्डना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन् ।
मोडर्ना खोप पुस ४ गते देशभरका १२ देखि १८ वर्ष सम्मका १८ लाख बालबालिकाहरुलाई लगाउने स्वास्थ्य विभागले जनाएको छ । त्यस्तै, आजै मात्रै जोन्सन एण्ड जोन्सन खोप पनि ७ लाख १९ हजार डोज नेपाल आइपुगेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

