जनस्वास्थ्य सरोकार, काठमाडौँ । जोन्सन एन्ड जोन्सन खोपको १४ लाख ५७ हजार डोज शुक्रबार नेपाल आउँदै छ । एक डोज मात्र लगाए पुग्ने २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो पटक शुक्रबार आउन लागेको हो ।
बिहीबार पहिलो पटकमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल आइसकेको छ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत यो खोप उपलब्ध गराएको हो।
जर्मन सरकारले नेपालमा १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप समेत उपलब्ध गराएको छ । उक्त खोप गत आइतबार नेपाल आइसकेको छ ।
यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

