
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेसनबाट दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री देवाउलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

संस्थाले सफल कार्यकालको शुभकामना दिँदै आफ्नो उदेश्य र हाल संस्थाले गरिरहेका कार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराएको संस्थाका सचिव रेखा थापाले जानकारी दिनुभयो । महिला तथा बालबालिकाको क्षेत्रमा विशेष पहल गर्न ध्यानाकर्षण गराएको उहाँको भनाई छ ।
संस्थाका बागमती प्रदेश कार्यक्रम तथा काठमाडौँ संयोजक अन्जिला श्रेष्ठ, सचिव रेखा थापा, उपाध्यक्ष कबिता श्रेष्ठ, कोषाध्यक्ष हिमा शेरचन, सदस्यहरु ईश्वरि श्रेष्ठ र लक्ष्मी बस्नेत लगायत टिम शुभकामना दिन प्रधानमन्त्री निवास पुगेका थिए ।

संस्थाले विगत २ बर्ष देखि महिला तथा बालबालिका हिंसा विरुद्धको आवाज उठाउदै आएको छ । संस्थाको केन्द्रिय कार्यलय झापा बिर्तामोडमा रहेको छ । संस्थाले काठमाडौँ सहित ४८ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
