जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ४४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५२२ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ३५३ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०४ जना आइसीयू र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



