जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको मोडर्ना खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई सो खोप दिइन लागेको हो।
२०६१ साल मंसिरदेखि २०६६ मंसिरसम्म जन्म भएका बालबालिकाहरुलाई पुस ४ देखि १४ गतेसम्म खोपको पहिलो मात्रा दिने भएको मन्त्रालयले जनाएको छ ।
दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म दिइनेछ। यसअघि १२ वर्ष माथिका दीर्घ रोगीहरुका लागि फाइजर खोप लगाउन सुरु गरिएको छ। २० जिल्लामा फाइजर खोप संचालनमा छ। बागमतीका ६ जिल्ला कर्णालीका १ र सुदूरपश्चिमको १ गरी ८ जिल्लामा भने पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा दिइनेछ भने बाँकी १२ जिल्लामा खोप मिति तोकेर निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पूर्णरुपमा सुरक्षित रहेकाले निर्धक्क भइ बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेको छ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

