जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ मुलुकबाट नेपाल आएका यात्रुले अनिवार्य क्वारेन्टाइन बस्न नपर्ने भएको छ। अध्यागमन विभागले शनिबार सूचना जारी गर्दै यसअघि जारी गरेको नियम तत्कालका लागि स्थगित गरेको जनाएको छ।
विभागले शुक्रबार मन्त्रिपरिषद्को निर्णय भन्दै ओमिक्रोन देखिएका ति मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य होटेल क्वारेन्टाइनमा बस्नुपर्ने सूचना जारी गरेको थियो। जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने र आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने भनिएको थियो ।
विभागले परीक्षणको रिपोर्ट नेगेटिभ आएमा ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने बताएको थियो।

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

