जनस्वास्थ्य सरोकार, जनकपुर । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ। गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा संक्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ।

नयाँ संक्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ। गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना संक्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा संक्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए। ती मध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन्।
प्रदेशमा ६५ कोरोना संक्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय संक्रमित छन्। त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय संक्रमित रहेको जनाएको छ। रासस
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

