जनस्वास्थ्य सरोकार, टोकियो । जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा भएको आगलागी परी २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ। शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ।

जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समानुसार शुक्रबार बिहान १०ः४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ। यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीहरुले जानकारी दिएका छन्।
करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो। एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ। रासस
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


