
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधी व्यवस्था विभागले १७ वटा औषधी पसलहरुलाई कारबाही गरेको छ । विभागले कात्तिक महिनामा औषधी बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, विक्रि वितरण गरेको बिल भरपाई नभएको लगायतका औषधी पसलहरुलाई कारबाही गरेको हो ।
कारबाही स्वरुप त्यस्ता औषधी पसलहरुलाई ७ दिनदेखि २१ दिनसम्म निलम्बन गरेको विभागले जनाएको छ। म्याद गुज्रिएका, स्वास्थ्यमा असर गर्ने औषधीसमेत बिक्रि गरेको भेटिएको विभागको भनाई छ ।
कारवाहीमा पर्नेमा स्माइल केयर फार्मेसी बनेपा, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरिनरी सेन्टर, श्री बिराज औषधि पसल काभ्रे रहेका छन् । त्यस्तै, राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, महसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक, कम्युनिटी वेलनेस सेन्टर प्रा लि, स्याउला वास।पस, दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी निलम्बनमा परेका छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

