
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधी व्यवस्था विभागले १७ वटा औषधी पसलहरुलाई कारबाही गरेको छ । विभागले कात्तिक महिनामा औषधी बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, विक्रि वितरण गरेको बिल भरपाई नभएको लगायतका औषधी पसलहरुलाई कारबाही गरेको हो ।
कारबाही स्वरुप त्यस्ता औषधी पसलहरुलाई ७ दिनदेखि २१ दिनसम्म निलम्बन गरेको विभागले जनाएको छ। म्याद गुज्रिएका, स्वास्थ्यमा असर गर्ने औषधीसमेत बिक्रि गरेको भेटिएको विभागको भनाई छ ।
कारवाहीमा पर्नेमा स्माइल केयर फार्मेसी बनेपा, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरिनरी सेन्टर, श्री बिराज औषधि पसल काभ्रे रहेका छन् । त्यस्तै, राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, महसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक, कम्युनिटी वेलनेस सेन्टर प्रा लि, स्याउला वास।पस, दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी निलम्बनमा परेका छन् ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
