जनस्वास्थ्य सरोकार, काठमाडौ । पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७८४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार २७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ पुगेको छ।
उक्त अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

