
जनस्वास्थ्य सरोकार । विज्ञहरुले क्रिसमस पर्व मनाउने क्रममा ओमिक्रोन भेरिएन्टले महामारीको रुप लिनसक्ने चेतावनी दिएका छन् ।
अमेरिकी सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसबाट उत्परिवर्तन भई आएको नयाँ भेरियन्ट कडा खालको भएको भन्दै यसले भयावह स्थिति ल्याउनसक्ने चेतावनी दिनुभएको छ ।
क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र पार्ने सक्ने उहाँको चेतावनी छ । बुस्टर डोज लगायहरुमा संक्रमण न्युन हुने जानकारी अनुसन्धानकर्ताले दिएपनि फाउचीले भने ओमिक्रोनको संक्रमण डरलाग्दो हुनसक्ने बताउनुभएको छ ।
खोप लगाएकाहरु पनि यो भेरियन्टबाट अछुतो नरहने भन्दै उनले सावधानी अपनाउन विश्व समुदायलाई अपिल समेत गरेका छन् । डाक्टर फाउचीले ओमिक्रोन त्यति घातक नरहेको भन्ने दुस्प्रचारको विश्वास नगर्न समेत आग्रह गर्नुभएको छ ।
मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा खोप लगाउने सहितका सावधानी अपनाउन उहाँको आग्रह छ । यसैबीच क्रिमसलाई ध्यान दिंदै युरोपेली मुलुकहरुले भने धमाधम निषेधाज्ञा लगाउन थालेका छन् । फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन् भने नेदरल्याण्ड्सले कडा लकडाउन लागू गरेको छ । एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

