
जनस्वास्थ्य सरोकार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तत्काल आपतकाल घोषणा गरेर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आम नागरिकको ज्यान जोगाउन अपिल गरेको छ ।
ओमिक्रोन भेरियन्टको संक्रमण युरोपलगायत विश्वका अन्य देशमा पनि तीव्र रुपमा फैलिएकाले तत्काल आपतकाल घोषणा गरेर नागरिकको ज्यान बचाउन संगठनले अपील गरेको हो ।
क्रिसमसलाई लक्षित गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम गाव्रियससले बिदाका कार्यक्रम रद्द गरेर आफ्नो ज्यान बचाउन आग्रह गर्नुभएको छ । यसका लागि जर्मनी र फ्रान्सलेजस्तै स्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उहाँको भनाइ छ ।
बढ्दो ओमिक्रोन संक्रमणका कारण अहिलेसम्म नेदरल्याण्ड्सले मात्रै पूर्ण रुपमा लकडाउनको घोषणा गरेको छ । बाँकी युरोपियन र अमेरिकी देशहरुले बुस्टर डोज खोपमा जोड दिइरहेका छन् ।
यसअघि दोस्रो लहर डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट निकै तीव्र रुपमा फैलिने भएकाले संक्रमण रोक्न चाल्नुपर्ने कदम उठाउन ढिलाइ गर्न नहुनेमा डब्लुएचओको जोड छ । एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

