जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ भने ८ लाख ९ जहार ३८७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार सोमबारसम्म देशका विभिन्न अस्पतालमा गरी १०९ जना आइसीयूमा र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा ११ जना आइसीयूमा र ३ जना भेन्टिलेटरमा छन्। यसैगरी प्रदेश २ मा ३ जना आइसीयूमा छन्। भेन्टिलेटरमा भने कोही पनि छैनन्। बाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४ जना आइसीयूमा र भेन्टिलेटरमा २२ जनाको उपचार भइरहेको छ । गण्डकीमा ७ जना कोरोना संक्रमित आइसीयूमा छन् भने भेन्टिलेटरमा शुन्य संख्या रहेको मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ८ जना संक्रमित आइसीयूमा छन् भने एक जना मात्र भेन्टिलेटरमा रहेका छन्।
कर्णाली प्रदेशमा भने आइसीयू र भेन्टिलेटरमा संक्रमितको संख्या शुन्य रहेको छ । सुदूरपश्चिम प्रदेशमा ६ जनाको आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ।
देशभर ५ हजार २२५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा र २६१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

