
जनस्वास्थ्य सरोकार । फाइजर कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको औषधि ‘कोभिड पिल’ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ। त्यहाँको स्वास्थ्य नियामक निकायले फाइजरको ‘कोभिड पिल’लाई प्रयोगको अनुमति दिएको सीएनएनले जनाएको हो।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड संक्रमित भएका वयष्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो।
पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनु पर्ने जनाइएको छ । त्यसैगरी सुरुमै अस्पताल जानुपर्ने लक्षण देखिने कोभिड संक्रमितले पनि घरमै उक्त औषधि खान सक्नेछन्।
मिर्गौला वा कलेजोको गम्भीर समस्या भएका मानिसले भने औषधि खान नमिल्ने बताइएको छ। ‘प्याक्सलोभिड’ नाम दिइएको उक्त औषधि कोभिड–१९ को प्रारम्भिक संक्रमण चाँडो उपचार गर्ने औषधि हो। गम्भीर अवस्थामा पुग्न सक्ने कोभिड संक्रमितले प्याक्सलोभिड पिल खाएपछि अस्पताल भर्ना र मृत्यु हुने सम्भावना ९० प्रतिशतले घट्ने परीक्षणबाट पुष्टि भइसकेको बुझिएको छ । एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

