नेभिगेशन

२९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५१० जनाको पीसीआर परीक्षणमा २४१ र २ हजार ११६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट