जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ।
मन्त्रालयले बितेको २४ घण्टामा २८३ जना संक्रमणमुक्त र २ जनाको मृत्यु भएको जनाएको छ। संक्रमितमध्ये ८ लाख १० हजार ७८० जना निको भएका छन्। यस्तै हालसम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ।
यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। खोप अभियान सुरु भएसँगै हालसम्म कुल २ करोड ३१ लाख ७१ हजार मात्रा खोप लगाइएको छ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



