जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो।
यही अवधिमा थप २२५ जना संक्रमणमुक्त भएका भने १ जनाको मृत्यु भएको छ। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भइसकेका छन्।
हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन्।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

