जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलले होलवडी चेकअपमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर छुट्टै वेलनेस सेन्टरको स्थापना गरेर हस्पिटलले वेलनेसका विभिन्न प्याकेजमा ४० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।
हस्पिटलले लिभर हेल्थ, किड्नी हेल्थ प्याकेज, स्टैण्डर्ड प्याकेज, डायविटिजि हेल्थ प्याकेज, कम्प्रिहेन्सिभ प्याकेज, चाइल्ड हेल्थ प्याकेज, एक्ज्युकेटिभ प्याकेज, लङ्स हेल्थ प्याकेज, कार्डियाक हेल्थ प्याकेज, वुमन्स हेल्थ गरी ११ वटा प्याकेजको घोषणा गरेको छ ।
सेन्टरले क्रिसमसदेखि फेब्रुअरी १२ सम्म सबै परीक्षणमा ४० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
अस्पतालले यसअघि पनि वेलनेस सेन्टरमार्फत सेवा दिइरहेको भए पनि अबदेखि भने प्रिभेन्टिभ हेल्थ चेकअपका लागि छुट्टै भवन बनाएर त्यहीबाट सबै सेवा एकीकृत रुपमा दिन लागेको हो । प्रिभेन्टिभ चेकअप अन्तर्गत आउने बिरामीका लागि स्वास्थ्यकर्मीदेखि सबै सेवा छुट्टै व्यवस्था गरिएको छ ।
पालोे कुरेर बस्न नपर्ने, अन्य बिरामीसँग कुनै घुलमिल नै नहुने र आफूले भनेको समयमै आफना सबै परीक्षण एकै स्थानबाट गर्न सकिने व्यवस्था मिलाइएको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले जानकारी गराउनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

