जनस्वास्थ्य सरोकार । बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ। त्यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन्। त्यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन्।
अधिकारीहरुका अनुसार कोरोनाका कारण १८ जनाको ज्यान गएको छ। अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन्। त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले त्यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन्।
बेलायतमा पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ। जसका कारण त्यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ। पछिल्लो समयमा त्यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ। एजेन्सी
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

