जनस्वास्थ्य सरोकार, बाँके । नेपालगञ्जको भेरि अञ्चल अस्पतालमा जाडोबाट जोगिन कोइला बालेर क्वार्टरमा सुतेका कार्यालय सहयोगीसहित उनका चार जना परिवारको निसास्सिएर ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा अस्पतालका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकलीको मृत्यु भएको हो । घाइते हुनेहरुमा धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको प्रहरीको आंकलन छ ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


