जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।
संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भन्नुभएको हो । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन अघिल्लो दिन १ लाख ८० हजार थियो ।
त्यस्तै, अमेरिकामा पछिल्लो साताको रेकर्डले दैनिक २ लाख ६५ हजार भन्दा बढी नयाँ बिरामीहरु थपिने गरेको देखाएको छ । अष्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, पोर्चुगल र बेलायतमा पनि संक्रमितहरुको दैनिक नयाँ नयाँ रेकर्ड बनेको छ ।
औसतमा अहिले विश्वमा दैनिक ९ लाख बढी नयाँ विरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ । संक्रमणको गतिले यसै पनि थकित भईसकेका स्वास्थ्यकर्मीहरुमाथि थप दबाव बढाएको भन्दै ग्याव्रियसले कतै स्वास्थ्य प्रणालीहरु नै फेल हुने त होइन भन्ने त्रास बढेको बताए । धनी राष्ट्रहरुले गरीब देशहरुलाई खोप उपलब्ध गराउन छाडेर आफूहरुले बुस्टर डोजमा जोड दिंदा महामारी सोचे भन्दा धेरै समय लम्बिने देखिएको उनको भनाइ छ ।
अहिले पनि विश्वका एक सय भन्दा धेरै देशले आफ्नो जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउन नसकेको डब्लुएचओको तथ्यांक छ । डल्ब्लुएचओ प्रमखुले सन् २०२२ को मध्यसम्ममा विश्वका ७० प्रतिशत मानिसलाई खोप लगाउने नयाँ वर्षको प्रतिवद्धता जनाउन विश्व नेताहरुलाई आह्वान गरेका छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

