जनस्वास्थ्य सरोकार । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा त्यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो ।यसअघि पनि त्यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो सङ्क्रमण भेटिएको बताइएको थियो ।त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार त्यहाँ कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ यो सङ्क्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।
यसरी मङ्गलबार त्यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो । त्यहाँ अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी सङ्क्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले त्यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।
त्यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण त्यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ । पछिल्लो समयमा त्यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।-सिन्ह्वा
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

