
जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. भोला रिजाललाई स्वर्ण जयन्तीको अवसरमा वंगलादेश सरकारले ‘गोल्डेन जुब्ली अवार्ड—२०२१’ बाट सम्मानित गर्ने भएको छ ।
वंगलादेशका राष्ट्रिय पिता शेख मुजिवन रहमानको शतवार्सिकी तथा वंगलादेश स्वतन्त्र भएको ५० वर्ष पूरा भएको अवसरमा डा. रिजाललाई सो अवार्डबाट सम्मान गर्ने घोषणा गरेको हो ।
डा. रिजालाई पठाएको पत्रमा स्वतन्त्रता (मुक्तिबाहिन) आन्दोलनमा स्वर्णपदक ग्रहण गर्न आमन्त्रण गरिएको छ । जनवरी १ मा गरिने सो अवार्ड ग्रहणका लागि डा. रिजाल आज (शुक्रबार) वंगलादेश जाँदै हुनुहुन्छ ।
डा.रिजालले वंगालादेशमा बसेर एमबीबीएस र पोष्ट ग्राजुएसन अध्ययन गर्नुभएको थियो । वंगलादेशमा अध्ययनरत रहँदा पाकिस्तान र वंगालादेश छुट्एिका थिए । शुरुमा डा. रिजाल अध्ययन गर्न जाँदा हालको वंगलादेश पाकिस्तान थियो । डा. रिजालले अध्ययन गर्दै रहँदाको समयमा दुई देश छुट्टिएर वंगालादेश स्वतन्त्र भएको थियो ।

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
