जनस्वास्थ्य सरोकार, नयाँदिल्ली । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरु पनि संक्रमित भएका छन् ।
कोरोना भाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तर बाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा पावारको जोड छ । भारतमा सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको भन्दै उनले भारतीय जनतालाई अपील समेत गरेका छन् ।
महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको पावारको भनाइ छ । भारतको महाराष्ट्र प्रदेश कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सक्रमत पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।
यसैबीच भारतमा एकै दिन २३ हजार नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७५ नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४ सय ६ जनाकोे मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये १,४३१ जनालाई ओमिक्रोन पुष्टी भएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

