जनस्वास्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलिन नदिन सतर्कता अपनाउन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सतर्कता अपनाउन र पूर्व तयारीका रहन निर्देशन दिएको हो ।
जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, एन्टिजिन किटद्वारा परीक्षण दायरा बढाउन, पहिचान भएका केशहरूको उचित व्यस्थापन गर्न, नजिकका सम्पर्कहरूको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्नलगायतका निर्देशन दिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नयाँ भेरियन्टबारे सचेत हुनुपर्ने बेला आएको बताउनुभयो ।
सीमा नाकामा रहेका प्रवेश बिन्दुहरूबाट प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थामा कडाई गर्न समेत सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको हो ।
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
