जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २९ हजार २७७ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २५५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ।
उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ८९ जना आइसीयू र २१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

