जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आजदेखि लगाउने भनेको कोभिड १९ विरूद्धको अतिरिक्त खोप स्थगित गरेको छ।
कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा दिन लागेको अतिरिक्त खोप हाललाई स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८ पुस १९ गते केही लक्षित वर्गका लागि कोभिड १९ खोपको थप मात्रा दिनेबारे जारी भएको सूचना अनुसारको कार्यक्रम हाललाई स्थगित गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता संगिता कौशल मिश्राले थप प्राविधिक विषयहरू छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

