जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । दिल्ली सरकारले साताको दुई दिन भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यू लगाउने निर्णय गरेको छ ।

कोरोनाको फैलावट रोक्न हरेक हप्ताको शनिबार र आइतबार पूरा समय कर्फ्यू लगाउने निर्णय गरिएको हो । सार्वजनिक विदाको दिज सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत का स्थानमा भीडभाड बढ्ने भएकाले कफ्र्यु लगाउने निर्णय गरिएको दिल्लीका मुख्यमन्त्री मनिष सिसोदियाले जानकारी दिएका छन् । उहाँले सो दिन अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले मंगलाबर यसबारे जानकारी दिएका हुन् । विपद् व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै उनले अस्पताल लगायत अत्यावश्यक काम परेर बाहेक दुई दिन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।
दिल्लीमा मंगलबार कोरोना संक्रमण दर ८ दशमलव ३७ पुगेको छ । अघिल्लो दिनको तुलनामा १३ सयले बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा दिल्लीमा ५ हजार ४ सय ८१ संक्रमित भेटिएको जनाइएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या १५ हजार हाराहारी पुगेको र मंगलबार ३ जनाको मृत्युसमेत भएको छ । २९ डिसेम्बरबाट दिल्ली सरकारले रातको समयमा कर्फ्यू लगाइरहेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

