
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
सरकारले तोकेकोभन्दा धेरै शुल्क लिएको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।
उनीहरुले कानुनले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ता हुनुपर्ने भन्दै माइतीघर मण्डलको सडकमा नाराबाजी गरेका छन् ।
उनीहरुले लाखौँ खर्चिएर पनि भविष्य निश्चित नभएको भन्दै चिन्ता जनाएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले 'मेडिकल माफिया मुर्दावाद' 'हाम्रो भविष्य सुनिश्चित गर' 'स्वास्थ्य शिक्षामा लुटतन्त्र बन्द गर' जस्ता नारा लगाएका थिए। त्यसैगरी मेडिकल माफियाविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड पनि उनीहरुले बोकेका थिए।
विद्यार्थीहरुको प्रदर्शन माइतीघरबाट अघि बढेर नयाँ बानेश्वरको निषेधित क्षेत्र नजिकैसम्म पुगेको थियो। उनीहरुले कलेजले मनोमानी शुल्क बढाउन नहुने पनि माग गरेका छन्।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

